पोखरा,फागनु ४
पोखराका होटलहरु मनपरी रुपमा कोठा भाँडा लिएको गुनासो आएपछि होटल ब्यवसायीहरुले होटल तथा लजहरुको न्यूनतम मुल्य निधारण गरेका छन ।
पश्चिमाञ्चल होटल संघ पोखराले आफ्ना मातहतका सदस्य होटल तथा लजहरुको कोठाको न्यूनतम मूल्य पाँच सय रुपैयाँ निर्धारण गरेको छ । संघका कार्यावाहक अध्यक्ष एवं दर रेट निर्धारण तथा अनुगमन समितिका संयोजक हरि शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णयगरेको हो ।यसअघि कतिपय होटलहरुले दुई सय रुपैयाँमा समेत कोठा उपलब्ध गराउँदा विभिन्न समस्या परेको र गलत सन्देश गएको भन्दै संघले प्रतिरातको कोठाको मूल्य पाँच सय रुपैयाँ तोकेको शर्माले बताउनुभयो ।सो भन्दा माथि आफ्नो प्रतिष्ठानकोस्तर अनुसार शुल्क लगाउन सकिने पनि संघले निर्णयगरेको छ । निर्णयलाई कर्डाईका साथ लागू गराउन अनुगमन समिति गठन गरी २० जना संयोजकहरु समेत तोकिएको छ । जसअनुसार बाबा लजदेखि होटल यु एण्ड आई सम्म हेमराज पहारी, बाबा लजदेखि पेन्सन तुसिता सम्म कुलबहादुर आचार्य, अम्वोट एरियामा तिलक क्षेत्री, पिसफूल रोडसम्म दीपक श्रेष्ठ, गौरीघाट मार्ग र शिव मन्दिर मार्गमा वासुदेव पहारी रहेका छन् । लयसैगरी दरवारमार्गमा विष्णुहरी अधिकारी, बाराही पथदेखि सरोवर मार्गसम्म लक्ष्मण सुवेदी, पहारी मार्गमा माधव भण्डारी, माउण्टेन टपदेखि विद्यालय पथसम्म विष्णु पहारी, लालुपाते मार्गमा श्रीराम गिरी, होटल सिंगापुरदेखि बुलौंदीसम्म गोविन्द शर्मा, डिहिको पाटन देखि पधेरा सम्म मोहन दवाडी, हल्लनचोकदेखि खहरेसम्म गणेश पहारी, खहरेचोक देखि गैरा चौतारासम्म धरमसिंह लामिछाने, होटल सिंगापुरदेखि हल्लनचोकसम्म विकल तुलाचन, शान्तिपाटनदेखि जरेवरसम्म भेकेन्द्रकुमार श्रेष्ठ संयोजक तोकिएको छ । लेकसाइडमार्ग मिराचोक देखि हल्लन चोक सम्म रमेश श्रेष्ठ, ड्यामसाइडमा बच्चुराम तिवारी, राम गुरुङ ड्यामसाइड र मुक्ति केसी ड्यामसाइड संयोजक रहेका छन् ।
निर्णयलागू गर्न गराउन सम्पुर्ण होटेल ब्यवसायीहरुलाई सहयोगको लागि अनरोध गर्दै सम्वन्धीत निकाय र होटल संघमा आवद्ध नभएका होटलहरुलाई अनिवार्य दर्ता हुन समेत संघले आव्हान गरेको छ । दर्ता नभए र केही घटना आइपरेमा होटल संघ जिम्मेवार नहुने संघका द्वितीय उपाध्यक्ष तथा सदस्यता विस्तार समितिका संयोजक भरतराज पराजुलीले बताउनुभयो
No comments:
Post a Comment
Please, comment about this article.