Wednesday, February 24, 2010
रेडियो अन्नपुर्ण नयाँ एन्टिना जडान
पोखरा, ०८ फागुन
नयाँ एन्टिना जडान र स्तरउन्नतिको लागि शुक्रबार बिहान १० बजेबाट प्रशारण रोकिएको रेडियो अन्नपुर्ण ९३.४ मेघाहर्जको प्रशारण आज साँझबाट नियमित भएको छ ।
रेडियोको सम्पुर्ण प्राबिधिक काम आज पुरा भएपछि नियमित प्रशारणमा आएको रेडियोका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । रेडियोका अनुसार अब रेडियो अन्नपुर्ण पोखरा उपत्यका सहित पश्चिमाञ्च बिकाश क्षेत्रमा राम्रो र स्पष्टसंग सुन्न सकिने छ । आठ बर्षपछि मर्मत र नयाँ सञ्चार उपकरणहरु जडानगरी स्तरउन्नती गरिएको हो । जसबाट यसअघि भएको प्रशारण भन्दा ८ गुणा बढी क्षमता बढ्ने छ ।
मुलुक संघियतामा जाने प्रकृया शुरु भएको समयमा आवाज बिहिन जनताको आवाज बन्नको लागि नयाँ प्रबिधि सहित स्तरउन्नतिमा प्राथमिकता दिएको रेडियोले बताएको छ ।
प्रशारण रोकिन गई यसबाट श्रोता, बिज्ञापन दाता तथा शुभचिन्तकहरुमा पर्न गएको असुबिधाप्रति रेडियो अन्नपुर्ण क्षमायाचना प्रकट गर्दछ । तस्बिर सुदर्शन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.