Saturday, February 13, 2010

नेपालमा नलेज बैंकको आवश्यकता

आवासीय नेपाली संघ (एनआरएन) का अन्तराष्ट्रिय अध्यक्ष देवमान हिराचनले नेपालमा नलेज बैंकको आवश्यकता रहेको बताउनु भयो । अध्यक्ष भएपछि पहिलो पटक पोखरा आउनुभएका अध्यक्ष हिराचनसँग प्रेस युनियन कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । दक्ष जनशक्तिको अभावका कारण विदेशिएका नेपालीहरु न्यून पारिश्रमिक लिन वाध्य भएका कारण दक्ष बनाउन नलेज बैंक आवश्यक रहेको उहाँले बताउनु भयो ।
नेपालमा बुद्धिको लगानी आवश्यक छ, अध्यक्ष हिराचनले भन्नुभयो – सबैले पैसा-पैसा भन्छन्, तर नेपालमा बुद्धिको कमी छ । उहाँले अगाडि थप्नुभयो – बौद्धिक विकास र दक्ष जनशक्ति निर्माण गर्नुपर्ने एनआरएनले ठहर गरेको छ । उहाँले अध्यक्ष हिराचनले आफ्नो नेतृत्वमा नयाँ समिति बनेपछि २० वटा टास्कफोर्स समिति गठन गरेको बताउँ भयो ।

No comments:

Post a Comment

Please, comment about this article.