Thursday, February 11, 2010

एघारौं प्याराग्लाडिङ च्याम्पियनसिप हुने

पोखरा, २८ माघ
पोखरामा फागुनको पहिलो साता एघारौं प्याराग्लाडिङ च्याम्पियनसिप हुने भएको छ । साहसिक खेल पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित टान क्षेत्रीय च्याप्टर पोखराले फागुन ६ देखि ८ गतेसम्म प्याराग्लाडिङ च्याम्पियनसिप गर्ने भएको हो ।
प्याराग्लाडिङको लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल सराङकोटबाट उडान गरेर फेवातालको किनारको खहरेमा अवतरण गर्ने छन् । एघारौं सस्करणमा नेपाल र विदेशी गरेर झण्डै १ सय ५० जना पाइलटले प्याराग्लाडिङ च्याम्पियनसिपमा सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल एयरस्पोर्टस एशोसियसनको प्राविधिक सहयोगमा सञ्चालन हुने तीन दिने प्रतियोगिता विजेता पाइलटलाई नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । खुला तर्फ विजेतालाई २५ हजार, द्धितियलाई २० हजार, र तेस्रो हुनेलाई १५ हजार रुपियाँ प्रदान गरिने पत्रकार सम्मेलनमा टानका अध्यक्ष बसन्तराज दवाडीले बताउनुभयो । त्यस्तै डिएचभी-१-२ प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतीयलाई क्रमश १५, ८ र ६ हजार रुपियाँ प्रदान गरिने समेत पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सोमबहादुर थापाले जानकारी दिनुभयो ।
खुल्ला प्रतिस्पर्धामा सहभागि नेपाली पाइलटलाई क्रमश फ्लाइङ सुट, फ्लाइङ ज्याकेट, फ्लाइङ ग्लोभ तथा बेष्ट एक्रोव्याट्स गर्ने पाइलटलाई फ्लाइङ हेल्मेट, बेष्ट स्पोर्ट ल्याण्डिङ गर्नेलाई एकसेट क्याराभना प्रदान गरिने छ । प्रतियोगिलाई नगदसहित पुरस्कार व्यवस्था गरिएको यो पहिलो अवसर हो । अघिल्ला संस्करणमा टानले आकर्ष पुरस्कार प्रदान गर्दै आएको थियो ।
नेपाल एयरस्पोर्ट एशोसियसनका उपाध्यक्ष राजेश बमजनले प्याराग्लाइडिङ गर्ने पाइलटले नागरिक उडड्यन प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने बताउनुभयो । दशौं सस्करण बेलायती पाइलटले बर्चस्व जमाएका थिए । जेम्मी म्यासेन्जर, एडम हिल र माट क्रमश प्रथम, द्धितिय र तृतीय भएका थिए । महिला तर्फजर्मनीकी इसाबेला रेइव्लिङ प्रथम भएकी थिइन भने नेपाली पाइलट विनोद बमजन बेष्ट स्पोट ल्याण्डिङ घोषित भएका थिए । नेपालमा झण्डै ४० जना नेपाली पाइलट छन् । तीन दिने प्रतियोगिताको टानले ३० लाख रुपियाँ खर्च हुने अनुमान छ । २८ सदस्यीय मुल आयोजक समिति तथा १६ वटा उपसमिति गठन गरिएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.