पोखरा, २६ माघ
कास्कीको पर्यटकीय गाउ लुम्ले, पन्चासे, घान्द्रुक, छोम्रोङ, सिक्लेस तथा पोखरासगै जोडिएको अर्मला गाविसको अर्मलाकोटमा हिमपात भएको हो ।हिमपातले मंगलबार पोखराको मौसम चिसो बनेको थियो । विहान साढे ५ बजेदेखि परेको पानी दिउसो तीनबजे रोकिदा“ निकै चिसो बढेको थियो । पोखरासगै जोडिएको अर्मलामा हिमपात भएपछि दिनभर चिसो बढेको थियो । हिमपातले अर्मलाको जंगल सेतf] बनेको थियो ।मंगलबार विहानदेखि पोखरामा करीव २३ मिलिमिटर पानी परेको पोखरास्थित मौसम मापन नारायण वेसिनले जनाए । ।हिमपातले पोखरा-बाग्लुङ राजमार्ग सडक खण्डको ढिकुर पोखरी केही समय अवरुद्ध समेत बनेको थियो ।लामो समयपछि परेको पानीले कास्कीका उत्तर भेगका र्सवसाधारणको जनजीवन कष्टकर बनेको छ । हिमपातले चिस्यान बढाउ“दा र्सवसाधारणहरु घरभित्रै बस्न बाध्य छन् भने अर्कोतिर किसानहरु भने दिनभर परेको पानीले हषिर्त बनेका छन् । पानीसगै परेको हिमपातले चिसो बढाएपनि किसानहरु भने हिउदे बालीमा सिंचाई पुगेको छ । पानीकै अभावमा हिउदे बाली सुख्खा हुदा मौसममा आएको एकाएक परिवर्तनले किसानहरु बाली फष्टाउनेमा ढुक्क छन् ।
No comments:
Post a Comment
Please, comment about this article.