पोखरा, २१ माघ
नेपाली सेनाको आर्मी क्लब आहा गोल्डकपको दोस्रो पटक फाइलनमा प्रवेश गर्दा विहीबार न्युरोड टिम-एनआरटी)को चुनौतीलाई २-१ गोल अन्तरले पन्छाएको छ ।
स्ट्राइकर बिकर्ण श्रेष्ठमा पोखराको मैदानमा छाउँदा आर्मीले आहाको संस्करणमा दोस्रो पटक उपाधिको लागि अर्को विभागिय टोली नेपाल पुलिस क्लबसित भिड्ने निश्चित बनेको हो । मिडफिल्ड र स्ट्राइकरको आपसी असमझदारीको फाइदाँ उठाउँदै आर्मीले आधा घण्टाको बीचमा दुई गोल गरेपछि फाइनल यात्रा पक्का गरेको हो
खेलको छैटौं मिनेटमा विश्व बैराग समालले क्रस गरिदिएको बललाई बिकर्ण श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रतासँगै आत्मविश्वास बढाएका थिए आर्मीले खेलको २४ औं मिनेटमा बराबरी गोल खाएको थियो । नविन न्यौपानेको फ्रीकिकलाई सायन मुसाभीले उत्कृष्ट हेड गर्दै एनआरटीलाई बराबरी गोल गर्दै खेलमा फर्काउँदै दर्शकको र्समर्थन जुटाए ।
टिम स्पिरिट र शारीरिक क्षमताको नमूना पेश गरेको आर्मीले एनआरटीलाई पन्छाउन खेलको ३२ औं मिनेटमा म्यान अफ दि म्याच बिकर्ण श्रेष्ठले गोल ठोके । हरि महतोले दिएको क्रसपासलाई शिव चौधरीले डिबक्सभित्र हेड गरी पास मिलाईदिएपछि विकर्ण व्यक्तिगत दोस्रो तथा खेलको निर्णायक गोल गरेका हुन् ।

एनआरटी पोखराको मैदानमा फेरी एटक अभागी सिद्ध भयो । अघिल्ला दुई संस्करणमा पहिलो चरणबाटै बाहिरिएको टोलीले आठौं सस्करणमा सेमिफाइनलको यात्रा तय गरेपनि भाग्यले साथ दिन सकेन् । खेलको १९ औं मिनेटमा सायन मुसाभीको हेड क्रस बारमा रिवाउण्ड भई आफनै अगाडि खसेको बललाई निराजनले पोष्ट प्रहार गर्न नसक्दा अवसरबाट बन्चित हुनुपरेको थियो । आर्मीका डिफेन्स र एनआरटीका स्ट्राइकर बीच भक्रयाकभुक्रुक हुदाँ आर्मीका डिफेन्सले क्लियर गरेर बचाएका थिए । त्यस्तै खेलको ८८ औं मिनेटमा रोशन लामिछानेले प्रहार गरेको बललाई आर्मीका रक्षक चुनबहादुर थापाले गोल लाइनबाट हेड क्लियर गरेका थिए ।
’मिडफिल्ड र स्ट्राइकर बीच समन्वयको कमी देखियो । उनीहरु बीचमा ग्याब बढी हुदाँ गोल खाँदै प्रेसर थपियो ।’ ।शनिबार फाइनलमा दुई विभागिय टोली पुलिस र आर्मी

No comments:
Post a Comment
Please, comment about this article.