Wednesday, February 3, 2010
मनाङ मर्स्याङदीलाई १- ० ले हराउँदै पुलिस क्लब फाइनलमा
पोखरा, २० माघ
नेपाल पुलिस क्लबले पोखराको मैदानमा सातौं पटक फाइनलमा पुग्ने भाग्यमानी टोली पाँचौ संस्करणमा अनुपस्थित पुलिस क्लब पोखराको मैदानमा फेरी एक पटक भाग्यमानी हुदैं मनाङ मर्स्याङदीलाई १-० ले हराउँदै फाइनल प्रवेश गर्दा दुइ पटक फाइनलमा भोगेको पराजयको बदला समेत लियो । पुलिस दोस्रो र तेस्रो आहाको संस्करणमा मनाङमर्स्याङदीसित फाइनलमै पराजितहुदैं उपविजेतामा चित्त बुझाए ।
रितेश थापाले दिएको बललाई प्रदीप बानियाँले मिलाईदिएको पासमा पंकज शाहीले नियन्त्रणमा लिदैं मनाङका गोलकिपर विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा फ्लिक गरेको बलले पोष्टको दिशा लिदाँ पुलिस आहाको सातौं पटकसम्म फाइनलमा पुग्ने एकमात्र टोली बन्न सफल । । पोखराको मैदानमा पुलिसका खेलाडीहरुको स्पष्ट टिमवर्क देखिदाँ खेलको ४९ औं मिनेटमा पंकज शाहीले निर्णायक गोल हिर्काएका हुन् । मनाङका दुइ डिफेन्स बाहेक सबैजसो खेलाडीहरु अगाडि रहेको अवस्थमा रितेशले चलाखीपुर्ण रुपमा पास दिदाँ मनाङ मर्स्याङदीले काउण्टर एट्याकमा गोल खादाँ गोल्डकपको आठौं सस्करणबाट आफनो यात्रा विट मार्न बाध्य बन्यो ।
मनाङ मर्स्याङदीका हरेक प्रयास विफल बनाएका पुलिसका रितेश थापा म्यान अफ दि म्याचको हकदार बने । खेल सकिन १५ मिनेट बाँकी छदाँ मनाङ मर्स्याङदी खेलाडीहरु आपसी समन्वयको अभावमा बराबरी गोल गर्नबाट चुकेका थिए । गणेश खड्काले दिएको लामो क्रस बललाई सुजल श्रेष्ठले प्रहार गरेको बल आफनै सहकर्मी जगजित श्रेष्ठको ढाडमा लागेर रिवाउण्ड हुदाँ अभागीसिद्ध भएको थियो । ६ यार्ड बक्सभित्र दुइपटकसम्म गोलको लागि झडप हुदाँ मनाङले बराबरीको अवसर गुमाए । पहिलो हाफको सकिन केही समयअघिमात्रै पोखरेली खेलाडी शिव श्रेष्ठले मनाङका लागि गोल गर्दा रेफ्री सुरेन्द्र सिखाकारले अफसाइडको संकेत गरिदिदाँ मनाङका खेलाडी र प्रशिक्षक रेफ्री विरुद्ध खरो उत्रिएका थिए । आहा गोल्डकपमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङदी आहाको आठौं सस्करणमा सेमिफाइनलमा पराजय हुदैं बाहिरिएपछि प्रशिक्षक छिरिङ लोप्साङले पत्रकारहरुसित कुनैपनि प्रतिक्रिया दिन चाहेनन् । ‘मैले आज कुनै प्रतिक्रिया दिन्न् ।’ उनले भने-’प्लिज आज नो कमेन्ट ।’ खेलको ५५ औं मिनेट मनाङ मर्स्याङदीको अर्को अवसर गुम्यो । डिबक्स भित्र शिव श्रेष्ठले हेडिङ पासलाई सुजल श्रेष्ठको कडा प्रहारलाई पुलिसका जितेन्द्रंसिह विष्टले बचाउ गर्दा पुलिसको संकट टरेको थियो । ‘घाइते खेलाडीहरु भएपनि खेलाडीहरुको स्पिरिटले खेल जित्यौं ।’ पुलिसका सहायक प्रक्षिक हरि खड्काले भने-’जितको श्रेय खेलाडी हुन् ।’ बिहीबार नेपाली सेनाको आर्मी क्लब र एनआरटी बीच दोस्रो सेमिफाइनल खेल हुने छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.