पोखरा, ६ फागुन
पर्यटकीय पोखरामा एघारौं प्याराग्लाइडिङ च्याम्पियनसिप शुरु भएको छ । साहसिक खेल पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित टान क्षेत्रीय च्याप्टर पोखराको आयोजनामा सञ्चालित प्याराग्लाइडिङ च्याम्पियसिपमा १५ देशका ९० जना स्वदेशी तथा विदेशी पाइलटहरुले प्रतिस्पर्धा गरेका छन् । प्याराग्लाडिङको लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल सराङकोटबाट उडान गरेर फेवातालको किनारको खपौदीमा अवतरण गर्ने छन् । एघारौं सस्करणमा ४२ जना नेपाली पाइलटको सहभागिता रहेको छ भने ६ महिला पाइलटले प्रतिस्पर्धा गरेका छन् । टानले तीन वटा इभेण्टमा प्रतिस्पर्धा गराउने छ । एक्रोव्याट्स, स्पोट ल्यान्डिङ र खुल्ला तर्फपुरस्कृत गर्ने जनाएको छ । नेपाल एयरस्पोर्टस एशोसियसनको प्राविधिक सहयोगमा सञ्चालन हुने तीन दिने प्रतियोगिता विजेता पाइलटलाई नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । खुला तर्फो विजेतालाई २५ हजार, द्धितियलाई २० हजार, र तेस्रो हुनेलाई १५ हजार रुपियाँ प्रदान गरिने त्यस्तै डिएचभी-१-२ प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतीयलाई क्रमश १५, ८ र ६ हजार रुपियाँ प्रदान गरिने । खुल्ला प्रतिस्पर्धामा सहभागि नेपाली पाइलटलाई क्रमश फ्लाइङ सुट, फ्लाइङ ज्याकेट, फ्लाइङ ग्लोभ तथा बेष्ट एक्रोव्याट्स गर्ने पाइलटलाई फ्लाइङ हेल्मेट, बेष्ट स्पोर्ट ल्याण्डिङ गर्नेलाई एकसेट क्याराभना प्रदान गरिने छ । प्रतियोगिलाई नगदसहित पुरस्कार व्यवस्था गरिएको यो पहिलो अवसर हो । अघिल्ला संस्करणमा टानले आकर्ष पुरस्कार प्रदान गर्दै आएको थियो । च्याम्पियनसिपको क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारीले उदघाटन गर्नुभएको थियो । सोही अवसरमा पर्यटन व्यवसायीहरुले पर्यटन भ्रमण वर्ष२०११ लाई लक्षित गरी पोखराको साहसिक पर्यटन पुर्वाधारको लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने खाँचो औंल्याएका थिए ।
No comments:
Post a Comment
Please, comment about this article.