Saturday, January 30, 2010
पुलिस सेमिफाइनलमा
पोखरा, १६ माघ
सहाराले पुलिसलाई शनिबारको पहिलो र्क्वाटर फाइनलमा कडा चुनौती दिएपनि डिफेन्सको गल्तीमा पुलिसले खेल अन्तत २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिस र सहारा पोखराको मैदानमा भिडेको यो तेस्रो अवसर हो ।
दिपेन श्रेष्ठले प्रहार गरेको बललाई तामाङले गोल बचाउन गोललाइनमा हातले रोकेपछि रेफ्री सुदेश पाण्डेले पुलिसलाई पेनाल्टीको अवसर दिएको थियो । पेनाल्टीलाई पर्वत पाण्डेले सहज गोलमा परिणत गरेपछि पुलिस जितको हकदार बन्दा सहारा निराश बन्यो । तामाङ रातो कार्ड पाउने गोल्डकपका पहिलो खेलाडी बने ।
पहिलो हाफ बराबरीमै रोकेपनि दोस्रो हाफमा पुलिसको टिमवर्कको अगाडि सहारा केही फितलो देखिएको थियो । खेलको ५७ औं मिनेटमा पर्वत पाण्डेले गोल गरेपछि पुलिसले अग्रता लिएको थियो । शुशिल केसीले दिपेन श्रेष्ठलाई लडाएपछि पाएको प्रि किकलाई राकेश श्रेष्ठ दिएको क्रसबललाई पाण्डेले हेड गोल गरेका हुन् ।
खेलको ६७ औं मिनेटमा राजन अधिकारीले प्रहार गरेको बललाई पुलिसका गोलकिपर रितेश थापाको हातबाट रिवाउण्ड हुन पुगेको बललाई पुष्प क्षेत्रीले बराबरी गोल गरेका थिए । बराबरी गोलले उत्साहित सहाराको जोश पाँच मिनेटपछि टुंगिएको थियो । ७२ औं मिनेटमा पुलिसले पाएको पेनाल्टीलाई पाण्डेले गोल गर्दै पुलिसलाई सेमिफाइनलको यात्रा तय गराउँदा पाण्डे म्यान अफ दि म्याचको हकदार बने photo by: lovelypokhara.com
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.