Friday, January 29, 2010
नाइटचेस क्लब झापालाई पराजित
पोखरा, १५ माघ
दुई संस्करणमा पहिलो खेलबाटै पराजित भएको एनआरटीले शुक्रबार पोखरामा नाइटचेस क्लब झापालाई पराजित गर्दै अन्तिम आठमा आफनो स्थान पक्का गरेको छ । आहाको आठौं सस्करणको र्क्वाटर फाइनलमा प्रवेश गर्नेक्रममा नाइटचेस क्लब झापालाई ३-१ गोल अन्तरले पराजित गर्दै आफनो पुरानो तिक्ततालाई समेत एनआरटीले विर्सिएको छ । चार खेलाडी विनामै उपस्थित भएको एनआरटीले जीवन सिन्केमानले दुई बरदानी गोल गरेका थिए । खेलको १० औं मिनेटमा निराजन रायमाझीको पासमा सिन्केमानले गोलको खाता खोल्दा नाइटचेसले दवाव सहनुपरेको थियो । अघिल्लो दिनको भन्दा कम संख्यामा उपस्थित दर्शकले नाइटचेसको र्समर्थन गरेपनि दर्शकको चाहना अनुरुप खेल प्रदर्शन नसक्दा खल्लो महशुस गरेका थिए । खेलको तिसौं मिनेटमा सायन मुसाभीले एनआरटीलाई अर्को गोल थप्दै गोल अन्तर दोब्बर बनाउँदा पोखरेली दर्शक भने झापातर्फढल्किसकेका थिए । दुई गोलले पछि परेको नाइटचेसले खेलको ३७ औं मिनेटमा आत्मघाती गोलको उपहार पाउँदा केही उर्जा थपिएपनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट विदाई लियो । सुदीप लिम्बुको क्रस बललाई सिन्केमानले क्लियर गर्न खोजेको बल आफनै पोष्टभित्र छिरेको थियो । खेलको अन्तिम मिनेटमा म्यान अफ दि म्याच सिन्केमानले नै एनआरटीका लागि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई र्क्वाटरफाइनलमा पुर्याए ।aako hoदोस्रो हाफमा नाइटचेसले निरन्तर आक्रमणको रणनीति बुनेपनि प्रहार सबै र्व्यर्थै गएको थियो । बुद्ध चेम्जोङले खेलको ५३ औं मिनेटमा डिबक्स भित्र पाएको राम्रो अवसर उल्टो रोक्ने प्रयास गर्दा बराबरी गर्ने मौका गुमेको थियो । ७१ औं मिनेटमा राजकुमार केसीको क्रसलाई लक्ष्मी श्रेष्ठको प्रहार बाहिरिनाले पनि नाइटचेस अभागी हुन पुग्यो । ७४ औं मिनेटमा राजकुमार घिसिङको पासलाई विशाल र्राईको खुल्ला प्रहार आकासिएको थियो । त्यस्तै ७७ औं मिनेटमा केसीको प्रहार पनि खेर गएको छ । शनिबारको खेल पहिलो र्क्वाटरफाइनल खेल आयोजक सहारा विरुद्ध नेपाल पुलिस क्लब भिड्ने छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.